स्वस्तिमाले साउथ फिल्म खेल्ने पक्का
अभिनेत्री स्वस्तिमा खड्काले बिहिबार फिल्म थिरिमाली साइन गरेकी छिन् । कलाकार छनोट र लोकेशन खोजी गर्न नेपाल आएको टिमसँग उनले फिल्म खेल्ने संझौता गरेकी हुन् । स्वस्तिमा र फिल्मको निर्माण टिमविच संझौता आदनप्रदान भएको छ ।एन्जल मारिया सिनेमाजको ब्यानरमा तयार हुन लागेको यो फिल्ममा नेपाली फिल्म निर्माण कम्पनी अनन्या फिल्मस्ले सहकार्य गर्नेछ ।

अनन्या फिल्मसका प्रमुख सरोज न्यौपानेले महंगो पारिश्रमिक लिएर स्वस्तिमाले फिल्म साइन गरेको बताएका छन् । यो फिल्मको छायांकन मार्चपछि हुनेछ ।नेपालमा ७० र भारतका ३० प्रतिशत यो फिल्मको छायांकन हुनेछ । राजिव सेठ्ठीले यो फिल्मको निर्देशन गर्नेछन् ।
यो फिल्ममा नेपाली, हिन्दी, साथका कलाकारको अभिनय रहनेछ । अभिनेत्री स्वस्तिमा खड्का नेपाली फिल्ममा पनि चलिरहेकी छिन् । उनले अभिनय गरेको फिल्म बुलबुल चलेपछि उनको करिअर पनि चम्किएको हो । यसपछि भने उनको हातमा फिल्मको लाइनअप राम्रो छ ।
For More videos Log on to Mazzako TV







