रीमाको दोश्रो बिहेको चर्चा
अभिनेत्री रीमा विश्वकर्माको दोश्रो बिहेको चर्चा सुरु भएको छ । यो चर्चा भने रीमा आफ्नै कारणले गर्दा चलेको हो । रीमाले कमेडी च्याम्पियन २ को पत्रकार सम्मेलनमा नै आफ्नो बिहेको प्रसंग उठाएकी हुन् । तर, रीमाले दोश्रो बिहेका लागि आफूमा कुनै दबाब नरहेको पनि बताएकी छिन् । रीमा अनुसार, उनलाई जुन दिन बिहेको आवश्यकता छ भन्ने लाग्छ सोही दिन नै उनी बिहेको बारेमा सोच्नेछिन् ।

तर, उनले बिहेको बिषयमा कुरा गर्ने बेला भयो भने भनेकी छिन् । रीमाको बिहे भएको २ बर्षपछि डिभोर्स भएको थियो । यसपछि, रीमाले बिहेको बिषयमा कुनै पनि चर्चा गर्न चाहेकी थिइनन् । यतिसम्म कि, उनले लकडाउनको समयमा आफ्नो बिहेको भिडियो हटाउन केही युटुबरलाई समेत फोन गरेको चर्चा चलेको थियो ।
रीमा विश्वकर्माले बिहे जुरेपछि हुने पनि बताएकी छिन् । उनले आफूले अर्थपूर्ण सम्बन्ध चाहेको पनि बताएकी छिन् । रीमाको अनुसार, दुख र अप्ठ्यारो पर्दा म छु है भन्ने खालको मानिस साथी चाहिने बताइन् । आफूले अभिनेत्री केकी अधिकारी र निर्देशक विशाल भण्डारीमा यो खालको सम्बन्ध पाएको पनि बताएकी छिन् ।








