नोभेम्बर रेन २ का लागि सुवासको अफर
अनमोललाई निर्माता सुवास गिरीले फिल्म नोभेम्बर रेनको सिरिज बनाउने भएका छन् । यो सिनेमाको तयारीमा आफू लागेको सुवासले बताएका छन् । सिनेमा नोभेम्बर रेन २ का लागि उनले अभिनेता अनमोल केसीलाई मुख्य भूमिकामा अफर गरेका छन् । नोभेम्बर रेन २ का लागि आफूलाई अफर आएको अभिनेता केसीले बताएका छन् ।

नोभेम्बर रेन सिनेमामा आर्यन सिग्देल मुख्य भूमिकामा थिए । फिल्म निर्माणमा पनि आर्यनले सहकार्य गरेका थिए । अभिनेता अनमोल केसी र निर्माता सुवास गिरीविच सिनेमा कृमा सहकार्य भएको थियो । यो फिल्म महंगो बजेट भएका कारण बक्स अफिसमा चल्न सकेन । अनमोलका लभ स्टोरी कथामा बनेका सिनेमाले बक्स अफिसमा राम्रो कमाई गरेका छन् ।
यसैले पनि सुवासले अनमोललाई रोजेको हुनुपर्छ । सिनेमाका लागि एउटा कथा आफूलाई आएको भन्दै सुवासले त्यसलाई छलफल गरेर अघि बढाउने बताएका छन् । फिल्म नोभेम्बर रेन २ को बिषयमा अरु केही पनि फाइनल गरिएको छैन । कथा राम्रो भएको खण्डमा काम गर्न आफू तयार रहेको अनमोलले बताएका छन् ।








