निर्देशक निश्चल बस्नेत नयाँ फिल्म जिन्दाबादको तयारीमा छन् । यो फिल्मलाई वुद्दिसागरले लेखेका हुन् । फिल्मको कथाले मन छोएपछि आफूले निर्देशन गर्न लागेको निश्चलले बताउँदै आएका छन् । अब, यो फिल्ममा कलाकार पनि फाइनल भएका छन् । फिल्मका लागि अभिनेता सौगात मल्ल र दयाहाङ राई फाइनल जस्तै भएको निर्देशक निश्चलले बताएका छन् ।

अभिनेत्रीमा भने स्वस्तिमा खड्काले काम गर्ने बताइएको छ । तर, स्वस्तिमाले सिनेमाको कथा पढिरहेकाले मन परेको खण्डमा काम गर्ने निश्चलले बताउँदै आएका छन् । निश्चलले दया र सौगातलाई लिएर लुट र लुट २ पनि बनाएका थिए । अब, यो टिम फेरि जोडिन लागेको हो । यो सिनेमाले देशको राजनीतिक परिवेशलाई प्रस्तुत गर्ने बताइएको छ ।

For More videos Log on to Mazzako TV