दीपक ओली निर्देशित फिल्म ‘कृष्ण लीला’ को पहिलो गीत सार्वजनिक भएको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री अभिनीत लभस्टोरी फिल्मको ‘कुनै दिन’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

फिल्म आउँदो चैत २७ लाई प्रदर्शनमा आउँने फाइनल भएको छ । गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतलाई पुरुषोत्तम ढुंगेल र नारायण सापकोटाले लेखेका हुन् ।रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्री रोमान्टिक अवतारमा प्रस्तुत छन् । गीतले यी दुईको प्रेम भाव बोल्छ । पूर्वी इलामको चियाबारी आसपासमा खिचिएको गीतको भिडियोमा मेकिङ मज्जाको देखिन्छ ।

‘कृष्ण लीला’ मा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिव ढकालले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ । फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।

अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह(निर्माताको रुपमा छन् ।

For More videos Log on to Mazzako TV