अभिनेता दयाहाङ राइको हातमा फिल्म नै फिल्म छ । कतिपय कलाकार अब कुन फिल्ममा काम गर्ने भनेर बसेको अवस्थामा दयाको साथमा पनि दर्जन फिल्म छ । उनी भने कुन फिल्म पहिले गर्ने भन्ने दोधारमा छन् । दयाले सिनेमा २ नम्बरी, के घर के डेरा, बिहे पासमा काम गर्दैछन् ।

यो सिनेमाको घोषणा भैसकेको छ । यो बाहेक उनीसँग दि सेक्रेट अफ राधा, जिन्दाबाद, कबड्डी ४ पनि छ । यस्तै, उनले इयर अफ कोल्ड, स्काइ इज माइनमा पनि काम गर्दैछन् । दयाको चर्चामा आएका फिल्म यी हुन् । यी बाहेक अरु फिल्म पनि छन् जसका लागि दयालाई नै अफर आइरहेको छ ।

यसरीहेर्दा, दयाको हातमा फिल्मको अभाव देखिएको छैन । बजारले उनीमाथि विश्वास पनि गरेको देखिएको छ ।

For More videos Log on to Mazzako TV