अभिनेता कर्मा फटाह फणिन्द्रे बन्ने भएका छन् । अरुण खड्काको निर्माण तथा निर्देशनमा तयार हुन लागेको फिल्ममा उनी शिर्ष भूमिकामा देखिन लागेका हुन् । फिल्मका लागि अन्य कलाकारहरुमा छुल्ठिम गुरुङ, सुष्मा कार्की र रोहित रुम्बा छन् । उनीहरु सबैलाई फिल्मको टिमले फाइनल गरेको छ ।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुने यो फिल्ममा सुनिल मानन्धर प्रस्तुतकर्ताको रुपमा छन् । विक्रम सिंह गुरुङ र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन र इश्वरलाला सिंकेमनको छायांकन रहनेछ । उत्तम केसीको कथा रहेको फिल्ममा हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको पटकथा तथा संवाद रहेको छ ।

अरुणले ‘तिम्रो लागि, पाठशाला’ लगायतका फिल्म निर्माण गरिसकेका छन् । चैत्रको पहिलो साताबाट यो फिल्मको छायांकन सुरु हुनेछ । फिल्मले समाजमा हुने अपराधको कथालाई हाँस्य जनरामा प्रस्तुत गर्नेछ ।

For More videos Log on to Mazzako TV