अभिनेत्री तथा मोडल एलिजा गौतमले निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्न लागेको फिल्म छाडेकी छिन् । दीपकले एलिजालाई लिएर फिल्म घिन्ताङ बनाउने तयारी गरेका थिए । एलिजाले फिल्म साइन गरेपछि खुशी पनि व्यक्त गरेकी थिइन् । तर, फिल्मको छायांकन सुरु हुनु अगाडि नै उनी यस प्रोजेक्टबाट बाहिरिएकी छिन् ।

यो फिल्ममा अभिनेता गौरव पहारीले काम गर्ने फाइनल भैसकेको छ । तर, एलिजाले फिल्म छाडेपछि दीपक नयाँ अभिनेत्रीको खोजीमा देखिएका छन् । एलिजाले आफू क्यानडा जानु परेको र आफ्नो बुबाको स्वास्थ्य अवस्थामा पनि समस्या देखिएकाले फिल्म छाडेको प्रतिक्रिया दिएकी छिन् ।

फिल्म घिन्ताङको कथावस्तु गाउँले परिवेशमा बनाउने तयारी दीपकको छ । एलिजाले अभिनय गरेको डेब्यू फिल्म अनुराग हो । अनुराग फिल्म असफल भएपछि एलिजा दोश्रो फिल्म राम्रो खेल्ने प्रतिक्षा गरिरहेकी छिन् ।

For More videos Log on to Mazzako TV