अभिनेता तथा समाजसेवी सिताराम कट्टेलले फिल्म सेन्टी भाइरसले जनताको चाहना पुरा गर्न नसकेको बताएका छन् । आफ्नै कारणले गर्दा सिनेमा उत्कृष्ट नबनेको पनि उनको स्विकार छ । चलचित्र पत्रकार संघ नेपाल, चितवन शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै सितारामले आफूले सिनेमा निर्माणको समयमा रंगशालाको निर्माणमा खटिएकाले पनि गम्भिर भएर काम गर्न नसकेको बताए ।

उनले सेन्टी भाइरस आफ्ना लागि सिकाई भएको पनि बताए । तर, दर्शकले आफूहरुलाई माया दिएको भन्दै सितारामले अर्को फिल्म पनि चाडै निर्माण गर्ने बताएका छन् । सितारामले रंगाशाला निर्माण गरेर आफूहरु चाडै नै अभिनयमा फर्किन चाहेको पनि बताएका छन् ।

उनी, यतिबेला म त मुर्छ कि क्याहो निर्देशन गरिरहेका छन् । यो कथालाई सिरिजका रुपमा प्रस्तुत गर्ने वा सिनेमा नै बनाउने भन्ने बिषयमा फाइनल नभएको उनको भनाई थियो । सिनेमा सेन्टी भाइरस आफैमा सेन्टी हुनुपरेको भन्दै दर्शकले प्रतिक्षा गरे अनुसार उत्कृष्ट नबनेको उनले बताए ।

dhur
For More videos Log on to Mazzako TV