गोरे सार्की निर्देशन गर्दै अर्जुन
निर्माता अर्जुन कुमार फिल्म निर्देशनमा अघि लागेका छन् । उनले, गोरे सार्की नामक सिनेमा बनाउने तयारी गरेका छन् । यो सिनेमाको कथा फाइनल गरिएको अर्जुनले बताएका छन् । अर्जुनको गोरे सार्कीका लागि कलाकार पनि तय गरिएको छ । तर, अर्जुनले कलाकार भने सार्वजनिक गरेका छैनन् ।

सिनेमा गोरे सार्की थ्रिलर कथामा बन्ने अर्जुनको भनाई छ । यो फिल्मको छायांकन आउँदो बर्षको जेठबाट सुरु गर्ने तयारीमा अर्जुन लागेका छन् । अर्जुनले फिल्म निर्माण गरेर निर्देशनको बारेमा धेरै कुरा वुझिसकेपछि फिल्म निर्देशनमा अघि बढ्न लागेको बताएका छन् ।
गोरे सार्कीको शिर्ष भूमिकामा एक जना कलाकारले काम गर्नेछन् । अर्जुनले निर्माण गरेको फिल्म चपली हाइट ३ प्रदर्शनका लागि तयार भैसकेको छ । अर्जुनले यो फिल्म कहिले रिलिज गर्ने भन्ने बिषयमा कुनै टुंगो नभएको पनि बताएका छन् ।
For More videos Log on to Mazzako TV







