हिन्दी फिल्म कुर्दै नेपाली निर्माता
लकडाउनका कारण हल बन्द हुँदा धेरै निर्माता हल खुले फिल्म रिलिज गर्छौ झै गरेर उफ्रिय । यस्तो लाग्थ्यो कि, हल खुल्ने वित्तिकै रिलिजका लागि निर्माता अघि सर्छन् । तर, हल खुलेको डेढ महिना भैसक्दा पनि फिल्म रिलिज गर्न कुनै निर्माता तम्सिएका छैनन् । एउटा यस्तो प्रेम कहानी सिनेमा रिलिज भएको नभएको दर्शकले नै थाहा पाएनन् ।

अब, धेरै निर्माताको टार्गेट हिन्दी फिल्ममा छ । हिन्दी ठूलो फिल्म आएर दर्शक हलमा आइदिएको खण्डमा मात्र फिल्म रिलिजका लागि मिति तय गर्ने प्रतिक्षामा छन् निर्माता । अभिनेता अक्षय कुमारको फिल्म सूर्यवंशी रिलिज हुने तयारीमा छ । यो फिल्म अप्रिल २ बाट रिलिज हुँदैछ ।
यो फिल्म रिलिज भएपछि मात्र नेपाली निर्माताले फिल्म रिलिज गर्नेछन् । यसरीहेर्दा, हिन्दीले दर्शक तानोस् अनी आफ्नो फिल्म रिलिज गरौला भन्ने सोच धेरैमा देखिएको छ । आखिर, फिल्म चलाउन पनि हिन्दीकै भर पर्नुपर्ने भएपछि हिन्दीले असर गर्यो भनेर किन कराउने ?








