अभिनेत्री करिश्मा मानन्धरको आज जन्मदिन हो । उनी आज आफ्नो ४७ औं जन्मदिन मनाउँदैछिन् । करिश्माको जन्म सन् १९७४ मा भएको हो । उनले फिल्म सन्तानबाट नेपाली फिल्म क्षेत्रमा पाइला राखेकी थिइन् । यो फिल्ममा काम गर्दा करिश्मा १४ बर्षकी मात्र थिइन् । यसपछि, निरन्तर नेपाली फिल्म क्षेत्रमा अघि बढिरहेकी करिश्माले अभिनय गरेका थुप्रै फिल्म चर्चामा छन् ।

उनले फिल्म ढुकढुकी, बाबुसाहेब र फागु पनि निर्माण गरेकी छिन् । जसमा, ढुकढुकी बाहेक अरु फिल्म चलेनन् । फिल्म बाबुसाहेब नचलेपछि अमेरिका पुगेकी करिश्मा ९ बर्षपछि फर्किइन् । यसपछि उनले फागु बनाएकी थिइन् । करिश्माको यात्रा राजनीतिमा पनि अघि बढेको थियो । राजनीतिमा भने उनी लामो समय अगाडि जान सकिनन् ।

उनी, यसपछि पढाई पुरा गर्न लागिन् । नेपाली फिल्म क्षेत्रमा सदाबहार सुन्दरीको रुपमा उनलाई चिनिन्छ । करिश्मालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

For More videos Log on to Mazzako TV