उत्सव र सुष्माको विवाद सकियो (भिडियो)
मंगलबारदेखि सुरु भएको अभिनेत्री सुष्मा कार्की, रंग पत्रकार उत्सव रसाइली र अभिनेत्री स्वेता खड्काकी बहिनी आरती खड्काविचको विवाद सहमतीमा टुंगिएको छ । आज भएको छलफलमा उत्सव र आरतीले माफी मागेपछि विवाद सकिएको हो । उत्सवले आफूहरुविच असमझदारी भएको भन्दै सबैको तर्फबाट माफी माग्ने बताए ।

सुष्माले पनि आफ्नो भाइ जस्तै मानिस भएको भन्दै माफी दिएको बताइन् । स्वेताकी बहिनी आरती खड्काले पनि माफी मागेकी छिन् । सुष्माले आफ्नो ५ तोलाको सुनको सिक्री हराएको कुरा पनि उठाएकी छिन् । यसमा भने सुनको सिक्री हराएको पुष्टी भए आफू क्षतीपूर्ती तिर्न तयार रहेको आरतीको बयान छ ।
उनले फुटेको मोबाइल भने बनाइदिने बताएको वुझिन्छ । उत्सवले सामाजिक संजालमा एक अर्काको बारेमा गाली गलौज भएको भन्दै यस्तो नगर्न पनि सबैसँग आग्रह गरेका छन् ।








