अभिनेत्री सुष्मा कार्कीले आफूमाथि कुटपिट भएको भन्दै उजुरी दिएकी छिन् । राजधानीको लण्डन पब क्याफेमा पुग्दा आफूलाई उत्सव रसाइली र स्वेता खड्कासहितको टिमले ह्यारेसमेन्ट गरेको सुष्माको भनाई छ ।

सुष्माले स्वेता खड्काकी दिदी आरती खड्काले आफूमाथि हातपात गरेको पनि बताएकी छिन् । उत्सव रसाइलीसँग सुरु भएको विवादले आफूमाथि ह्यारेसमेन्ट भएको सुष्माले बताइन् । आफू लण्डन पव क्याफेमा जन्मदिनका लागि लोकेशन हेर्न गएको सुष्माले बताइन् । सो समयमा भेट भएका उत्सवसँग कुराकानीका क्रममा विवाद भएको सुष्माको भनाई छ ।

यता, उत्सवले भने सुष्माले नै विवाद सुरु गरेको बताए । आफूलाई जातीय कुरा गरेको भन्दै उनले विवादको जड सुष्मा भएको बताए । त्यहा उपस्थित कलाकारमाथि पनि सुष्माले मनलाग्दी बोलेपछि आरतीले एक थप्पड हानेको उत्सवको भनाई छ ।

सुष्माले भने आफूले न्याय पाउनुपर्ने माग गर्दै प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी छिन् । प्रहरीले आज स्वेता, आरती र उतसवलाई छलफलका लागि बोलाएपनि उनीहरु उपस्थित भएनन् । उनीहरु उपस्थित नभएपछि प्रहरीले उपस्थित नभएको अवस्थामा कारवाही गर्ने बताएको छ ।

For More videos Log on to Mazzako TV