मज्जाको प्रतिक्रिया सहित ट्रेन्डिङको नम्बर १ मा आमा
फिल्म आमा युटुबको ट्रेन्डिङ १ मा उक्लिएको छ । सार्वजनिक भएको ४ दिनमा २० लाख भन्दा बढी भ्यूजका साथ यो फिल्मले दर्शकको उत्कृष्ट साथ पाएको हो । फिल्मलाई ६२ हजार दर्शकले लाइक गरेका छन् । यो फिल्म हेरेपछि दर्शकले फिल्म आफूहरुको जीवनसँग जोडिएको प्रतिक्रिया दिएका छन् । गतबर्षको फागुण ९ गतेबाट हलमा चलेको फिल्मले राम्रो कमाई गर्यो ।

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो फिल्ममा शर्मिला पाण्डेको लगानी छ । दर्शकले युटुबमा पनि फिल्म रुचाएपछि निर्देशक खनालले आफूले मानविय संवेदनाको कथामा सिनेमा बनाउने बताए । मैले जुन बाटो समातेको छु, त्यो सही छ भन्ने लागेको छ भन्दै दिपेन्द्रले आफू निरन्तर यही बाटो लाग्ने बताए ।
फिल्म आमाबाट पाएको प्रतिक्रियाले आफूलाई चिसो मान्छे उत्कृष्ट बनाउन दबाब भएको पनि उनले बताएका छन् ।








