वर्षाको ब्रेकअप
अभिनेत्री वर्षा सिवाकोटीको प्रेममा व्रेकअप भएको छ । उनी, अमेरिका रहँदै आएका सविन जंग थापाको प्रेममा थिइन् । उनीहरु १७ महिनादेखि प्रेममा थिए । वर्षा सविनलाइ भेट्न २ पटकसम्म अमेरिका पुगेकी थिइन् । यो बर्षको दशैं सकिएपछि वर्षा अमेरिका पुगिन् । उनी, सविनसँग एक महिना विताएर अमेरिकाबाट नेपाल आएकी थिइन् ।

वर्षा नेपाल आएसँगै उनी र सविनविच फाटो आएको थियो । सविन आफैले सामाजिक संजालमा स्टाटस लेखेर वर्षाले धोका दिएको उल्लेख गरेका छन् । उनले, वर्षाले आफ्नो प्रेमलाई नवुझेको पनि बताएका छन् । तर, उनले यो स्टाटस हटाइसकेका छन् । वर्षाले भने यो बिषयमा कुनै पनि प्रतिक्रिया दिएकी छैनन् ।
वर्षाले अमेरिकाबाट फर्किएपछि सविनसँग बिहे गर्ने पनि बताएकी थिइन् । उनी र सविनको फोटो पनि सार्वजनिक भएको थियो । तर, अब उनीहरु अलग बाटोमा लागेका छन् ।








