अभिनेत्री प्रकृति श्रेष्ठले फिल्म होस्टेलमा काम गरिन् । उनले यो फिल्ममा काम गरेपछि उनको चर्चा भयो । दर्शकले पनि उनलाई निकै रुचाएका थिए । उनको म्यूजिक भिडियोमा पनि राम्रो क्रेज थियो । तर, फिल्ममा जमिरहेको बेलामा उनले बिहे गरिन् र अष्ट्रेलिया पुगिन् । उनी अहिले पनि अष्ट्रेलियामा नै छिन् । तर, अब भने प्रकृति नेपाली फिल्ममा फर्किने तयारीमा छिन् ।

प्रकृतीले फिल्म बिहे पासमा काम गर्ने पक्का भएको छ । यो फिल्ममा उनको साथमा दयाहाङ राइले काम गर्दैछन् । प्रवेश पौडेल यो फिल्मका निर्देशक हुन् । प्रवेशले फिल्म अमेरिका बोइज निर्देशन गरिसकेका छन् । रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् भने ग्याल्जेन लामा यसका सह–निर्माता हुन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन चैत्रबाट सुरु हुनेछ ।

आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको यो फिल्मका लागि अन्य कलाकार र प्राविधिकको छनोट कार्य जारी रहेको निर्माणपक्षले बताएको छ । सामाजिक बिषयमा हाँस्यरस मिसाएर निर्माण हुन लागेको फिल्मको छायांकन तराइका विभिन्न स्थानमा गरिनेछ ।

For More videos Log on to Mazzako TV