अभिनेत्री स्वस्तिमा खड्का फिल्ममा नयाँ नयाँ भूमिका निर्वाह गर्न लालयित हुन्छिन् । यसैले पनि उनका लागि हरेक फिल्म चुनौतीपूर्ण नै हुन्छन् । स्वस्तिमा फिल्म चिसो मान्छेमा काम गर्ने तयारीमा छिन् । यो फिल्ममा उनी बाजुराको एक विकट गाउँको महिलाको भूमिकामा देखिदैछिन् ।

यो फिल्मका लागि अहिले स्वस्तिमा बाजुराको भाषा सिकिरहेकी छिन् । स्वस्तिमाले फिल्मको कथा पाएपछि बाजुराको भाषा युटुबमा हेरिरहेकी थिइन् । तर, अहिले उनी बाजुराकै एक महिलासँग त्यहाँको भाषा सिकिरहेकी छिन् ।

यो फिल्ममा उनको साथमा अभिनेता अर्पण थापाको मुख्य भूमिका छ । दिपेन्द्र के खनालको लेखन तथा निर्देशनमा बन्ने यो फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । फिल्मको छायांकन फागुणको दोश्रो साताबाट सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV