नेपाली फिल्मको यात्रा ३० बर्ष मात्र किन भने दीपकले ?
नेपाली फिल्मको यात्रा ५० बर्ष पार भएको मानिन्छ । फिल्म सत्य हरिशचन्द्रदेखि आजको दिनसम्म आइपुग्दा नेपाली फिल्मले ५० बर्ष लामो यात्रा पार गरेको बताइन्छ । तर, अभिनेता दीपकराज गिरीले भने घान्द्रुक पुगेर नेपाली फिल्मको यात्रा ३० बर्षको मात्र भएको बताएका छन् ।

घान्दु्रकमा आयोजना भएको सिनेमा संवाद अन्र्तगतको सिनेमा साहित्यः सम्बन्ध र साझेदारी बिषयमा बोल्दै दीपकले यसो भनेका हुन् । उनले प्रजातन्त्र आएपछि मात्र नेपाली फिल्मको यात्रा सुरु भएको बताएका हुन् । उनले केही फिल्मलाई हेरेर नेपाली फिल्मको यात्रा ५० बर्ष मात्र रहेको बताउन नमिल्ने उल्लेख गरेका छन् ।
दीपकको यो भनाइले चर्चा पाइरहेको छ । दीपकले नेपाली फिल्म साहित्यसँग जोडिन समस्या भएको पनि बताए । साहित्यमा बर्णन बढी हुने भन्दै उनले फिल्ममा संवाद चाहिने बताए । यसैले पनि साहित्यलाई सिनेमासँग जोड्न निर्माता डराएको दिपकले बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले यो कार्यक्रम आयोजना गरेको थियो । सिनेमा र पर्यटन लाई जोड्नका लागि कार्यक्रम गरिएको हो ।








