किन बारम्बार फिल्म छाड्छिन् वर्षा ?
कुनै कुनै कलाकारलाई फिल्म नपाएर गाह्रो भयो । सिनेमा नपाएर कलाकार घरमै बस्नु परेको छ । कुनै कुनै कलाकार भने फिल्म खेल्ने फाइनल गरेर पनि छाड्छन् । आखिर, किन कलाकारहरुमा फिल्म छाड्ने मन आउँछ । अभिनेत्री वर्षा सिवाकोटीले फिल्म सुदुर छाडिन् ।
उनले फिल्म छाड्ने निर्णय धेरै पर्खिनुपरेको तर फिल्मको छायांकन सुरु नभएकाले लिएको बताएकी छिन् । तर, उनले सुदुर मात्र छाडेकी होइनन् ।

वर्षाले फिल्म छाडेको यसअघि पनि केही उदाहरण छन् । वर्षाले फिल्म रानी महल पनि छाडेकी थिइन् । यो फिल्म साइन गरेर मुहुर्तमा उनी आएकी थिइन् । फिल्मका लागि उनी उत्साहित पनि थिइन् ।
तर, पछि उनले फिल्म छाडिन् । वर्षाले फिल्म गोपी पनि छाडिन् । दिपेन्द्र लामाले निर्देशन गरेको फिल्ममा उनले छाडेपछि अभिनेत्री वर्षा राउतको प्रवेश भएको थियो ।
वर्षा राउतले गरेको फिल्म पनि चलेन । तर, वर्षाले गोपीमा पनि काम गरिनन् । वर्षाले फिल्म मेरो पैसा खोई पनि छाडिन् । अभिनेत्री वर्षा राउतले भन्दा अघि वर्षा सिवाकोटीले फिल्म छाडिन् । तर, पछि वर्षा यो फिल्मसँग जोडिइनन् ।
उनले पनि आफूलाई सुनाइएको भूमिका भन्दा अर्कै भूमिका प्रस्तुत भएपछि छाडेको बताइन् । यसरी हेर्दा वर्षाले ४ वटा फिल्म छाडिसकेकी छिन् । आखिर, फिल्ममा काम गर्ने पक्का भएर पनि फिल्म छाड्दा वर्षा के सोच्छिन् होला ?








