सबै हिरो व्यस्त, सलिनमान मौन
अभिनेता सलिनमान बनियाँ लकडाउनको समयमा सबैभन्दा कम चर्चामा आउका कलाकार हुन् । उनको यो लकडाउनको समयमा कुनै चर्चा नै भएन । सलिनमान न त सिनेमा सम्बन्धी कुनै कार्यक्रममा देखिए न त सिनेमा सम्बन्धी कुनै बिषयमा नै उनले बयान दिए । बरु, उनी आफ्नै दुनियाँमा रमाए । करिब २ बर्ष अघि सिनेमा यात्रामा काम गरेपछि उनी हराएका छन् ।

यो बिचमा सलिनमानले सिनेमा आफै बनाउने र अभिनय गर्ने तयारी गरिरहेका छन् भन्ने चर्चा त भयो । तर, यो आधिकारिक रुपमा पुष्टी हुन सकेको छैन । सलिनमान नेपाली सिनेमामा रुचाएका अभिनेता हुन् । ए मेरो हजुर २ र यात्रामा काम गरेपछि उनी लोकप्रिय बनेका थिए । तर, सलिनमान भने आफ्नो करिअरलाई बलियो तरिकाले अघि बढाउन रुची देखाइरहेका छैनन् ।
सलिनमानका प्रतिस्पर्धी अभिनेताहरु धमाधम फिल्मको छायांकनमा व्यस्त छन् । अभिनेता अनमोल केसी, प्रदिप खड्का, पल शाह, आकाश श्रेष्ठ फिल्मको छायांकनमा व्यस्त हुँदा सलिनमान भने किन मौन बसेका होलान् ? के उनलाई अब नेपाली फिल्मबाट रुची नै हटेको हो त ?








