अभिनेत्री दीपकराज गिरीले अभिनय गरेका २ फिल्म लगातार युटुबको नम्बर १ ट्रेन्डिङमा परेका छन् । सर्वाधिक चाडो १ करोड भ्यूज बटुल्न सफल फिल्म छक्का पन्जा ३ करिब १० दिनसम्म नम्बर १ ट्रेन्डिङमा परेको थियो । यो फिल्म नम्बर १ ट्रेन्डिङबाट बाहिरिएको केही समयमै दिपकले नै अभिनय गरेको छ माया छपक्कै रिलिज भयो ।

यो फिल्म पनि सार्वजनिक भएको ४ दिनमै नम्बर १ ट्रेन्डिङमा उक्लिएको छ । दिपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको अभिनय छ । यो फिल्मले दर्शकको माया युटुबमा पनि पाएपछि यसको निर्माता रोहित अधिकारी खुशी देखिएका छन् ।

उनले, यो फिल्मको सिक्वेल बन्ने पनि बताएका छन् । दिपकले पनि दर्शकले युटुबमा पनि फिल्म रुचाएपछि दर्शकलाई धन्यवाद दिएका छन् ।

For More videos Log on to Mazzako TV