अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको फिल्म एउटा यस्तो प्रेम कहानी रिलिज भयो । छेउ न टुप्पाको भनिएको यो फिल्मले व्यापार गर्न सकेन । फिल्म पत्तासाफ नै भयो । फिल्म पत्तासाफ भएपछि यसको टिमले केही पनि बोलेको छैन । तर, फिल्म रिलिज भैसकेपछि अभिनेत्री करिश्मा मानन्धरले यो फिल्मको गीत शेयर गर्दै बच्चा त राम्रो थियो भनेकी छिन् ।

फिल्म नचलेपनि उनले आफ्नो सन्तान राम्रो रहेको तर फिल्म चलाउन नजान्दा उनीहरुको करिअर सुरुमै समस्याग्रस्त भएको करिश्माको वुझाई छ । करिश्माले कविता र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ राम्रो रहेको तर्क गरेको हुनसक्छ ।

यो फिल्मलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । शिव श्रेष्ठ यो फिल्मका प्रस्तुतकर्ता हुन् । तर, शिवले फिल्म चलाउन नजानेपछि यो फिल्म पत्तासाफ भयो । करिश्माले कसैलाई दोष दिएर महत्वपूर्ण पनि बनाउन नचाहेको उल्लेख गरेकी छिन् ।

For More videos Log on to Mazzako TV