फिल्म परदेशी २ को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म यो बर्षको दशैंमा रिलिज हुने कुरा थियो । तर, यो बर्ष कोरोनाका कारण हल नै नखुलेपछि कुनै पनि सिनेमा रिलिज हुन पाएन । तर, अब फिल्म परदेशी २ को छायांकन सकिएको छ र यसको निर्माण टिमले प्रदर्शन मिति पनि तय गरेको छ ।

यो फिल्मलाई अर्को बर्षको दशैंमा रिलिज गर्ने तयारी गरिएको छ । सिनेमाको कथावस्तु नै दशैंसँग जोडिएकाले दशैंलाई नै प्रदर्शन मिति तय गरिएको निर्देशक नारायण रायमाझीको तर्क छ । यो फिल्मलाई नारायण रायमाझी र राजेश बंशलले मिलेर बनाएका हुन् ।

फिल्ममा दिलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय छ । परदेशी २ ले आउँदो बर्षको दशैंलाई प्रदर्शन मिति तय गरेपछि आउँदो बर्षको दशैंमा केही ठूला फिल्मको भिडन्त हुने देखिएको छ ।

For More videos Log on to Mazzako TV