अभिनेता गौरव पहाडीले नयाँ फिल्म खेल्ने पक्का भएको छ । उनले निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ फिल्म घिन्ताङमा काम गर्ने पक्का भएको हो । यो फिल्मले गाउँले जीवनको कथा भन्नेछ । यो फिल्मका लागि अभिनेत्री एलिजा गौतम पहिले नै फाइनल भैसकेकी छिन् ।

एलिजा र गौरवले फिल्मको पर्दामा पहिलो पटक काम गर्न लागेका हुन् । दीपक श्रेष्ठले केही बर्ष विश्राम लिएपछि यो फिल्म बनाउन लागेका हुन् । फिल्मको नाम घिन्ताङ राखेपनि यो वर्किङ टाइटल रहनेछ । फिल्म अनुरागबाट करिअर सुरुवात गरेकी एलिजा फिल्म क्षेत्रमा पनि जम्ने तयारीमा छिन् ।

उनले फिल्म घिन्ताङमा आफूले सक्ने मिहिनेत गर्ने बताएकी छिन् । फिल्मका लागि अभिनेता विपिन कार्कीसँग पनि कुरा भएको थियो । तर, विपिनले समय दिन नभ्याएपछि उनी फिल्ममा अनुवन्धित हुन सकेनन् ।

For More videos Log on to Mazzako TV