निर्माता माधव वाग्लेले फिल्म हिमानी निर्देशन गर्ने तयारी थालेका छन् । यसका लागि उनले सिनेमाको नाम विकास बोर्डमा दर्ता समेत गराएका छन् । सस्पेन्स, थ्रिलर तथा प्रेमको कथामा बन्न लागेको यो फिल्मका लागि कलाकार भने फाइनल गरिएका छैनन् ।

फिल्म हिमानी निर्देशन गर्न लागेका माधवले यसअघि फिल्म पारस बनाउने तयारी गरेका थिए । तर, उनले पारसको सम्पूर्ण अधिकार भूवन केसीलाई दिइसकेका छन् । अभिनेता भूवन केसी पारस फिल्मको तयारीमा छन् । माधवले हिमानीको कथावस्तु काल्पनिक भएको र पूर्व यूवराज्ञीको जीवनीमा आधारित नरहेको पनि बताएका छन् ।

तर, अभिनेता भूवन केसीसँग मनमुटाव भएपछि पारस छाडेका वाग्लेले हिमानी नाम केसीलाई काउन्टर दिन राखेको अड्कल लगाइएको छ । फिल्मको छायांकन चैत्रबाट सुरु हुने वाग्लेले बताए ।

For More videos Log on to Mazzako TV