अनमोलको हातमा फिल्म नै फिल्म
अभिनेता अनमोल केसीको हातमा फिल्म नै फिल्मको अफर छ । फिल्म ए मेरो हजुर ४ को छायांकनको केही हिस्सा मात्र बाँकी रहँदा अभिनेता केसी भने होम प्रोडक्शनको नयाँ फिल्म पारसको तयारीमा छन् । यो फिल्मको कथा मन परेकाले पनि अभिनेता केसी यसका लागि मिहिनेत गरिरहेका छन् ।
तर, अभिनेताको हातमा फिल्मको अफर भने धेरै छ । अभिनेता अनमोल केसीका अनुसार, उनलाई आधा दर्जन फिल्मको अफर छ । यसमध्ये उनले २ वटा फिल्मको कथा मन पराएका छन् । यी दुई फिल्म गर्ने संभावना धेरै रहेको अनमोल बताउँछन् ।
अभिनेता केसीले २ वटा फिल्म आफूले गरेको खण्डमा दर्शकका लागि पनि नयाँ स्वाद हुने बताएका छन् । अभिनेता केसी जीम गैरहेका छन् । फिल्म पारसका लागि उनले यो मिहिनेत गरेका हुन् ।









