परमितामा बढेको आत्मविश्वास
अभिनेत्री परमिता आर एल राणा विवादमा परिन् । उनको विवादले उनको करिअरलाई पनि असर गर्यो । परमिता आफैले पनि आफ्नो विवाददेखि डिप्रेशनको कुरा स्पष्ट रुपमा भनिसकेकी छिन् । यसैले पनि उनलाई यी कुराले कती धेरै असर परेको रहेछ भन्ने वुझ्न सकिन्छ ।

उनै, परमिता आर एल राणा अब भने आफूलाई कमजोर बनाउने कुराहरुमा आफूले नियन्त्रण गरिसकेको बताउँछिन् । परमिताले सामाजिक संजालमा एक तस्वीर र क्याप्सन पोष्ट गर्दै, आफूलाई कमजोर बनाउने हरेक कुरामा नियन्त्रण गरिसकेको उल्लेख गरेकी छिन् ।
प्रेम जीवनमा असफल, जीवनमा दुर्घटनाको मोड आदिले उनलाई कमजोर बनाएको थियो । तर, अब यी सबै कुरामा आफूले नियन्त्रण गरेर अघि बढेको उनको तर्क ।








