निश्चलले गरे जिन्दाबादको घोषणा
निर्देशक निश्चल बस्नेतले फिल्म लुट २ निर्देशन गरेको केही बर्षपछि नयाँ फिल्म जिन्दाबाद घोषणा गरेका छन् । निश्चलले लुट २ निर्देशन गरेपछि फिल्म निर्देशन गर्ने मन बनाएका थिएनन् । उनले, लगातार फिल्ममा आइटम डान्सर र फिल्ममा अभिनय गर्दै आएका थिए । तर, आफ्नो ४० औं जन्मदिनको अवसर पारेर निश्चलले नयाँ फिल्म बनाउने बताएका छन् ।
उनले, आफूलाई नै शुभकामना दिदै सधै राम्रो मान्छे बन्न सकुँ, राम्रो फिल्म बनाउन सकँु भनेका छन् । निश्चललको फिल्म जिन्दाबादलाई वुद्दि सागरले लेखिरहेका छन् । फिल्मको कथा मन परेपछि निश्चल र वुद्दिको सहकार्य अघि बढेको हो । यो फिल्मका लागि कलाकारको रुपमा स्वस्तिमा खड्काले काम गर्ने प्रवल संभावना छ ।
अरु कलाकारको टुंगो लागेको छैन । तर, यो बर्ष नै नयाँ फिल्म बनाउने भनेर निश्चलले भनेपछि चाडै नै यी सबै कुरामा टुंगो लाग्ने अपेक्षा गर्न सकिन्छ ।









