दर्शक नआउँदा बनेन फिल्मी माहोल
अर्को नयाँ नेपाली रिलिजका लागि फागुणको अन्तिम साता कुर्नुपर्ने हुन्छ । किनकी, फागुणको अन्तिम साता फिल्म लप्पन छप्पन २ को मिति तोकिएको छ । यसैले पनि नयाँ फिल्मका लागि अझै २ महिना कुर्नुपर्ने हुन्छ । यसैले माघ १ गतेबाट रिलिज भएको फिल्म एउटा यस्तो प्रेम कहानीमा दर्शकको भीड लागेको भए माहोल बन्ने थियो ।
तर, अभिनेता शिव श्रेष्ठको हेलचक्राइपूर्ण रिलिजका लागि फिल्मी माहोल बन्न सकेन । उनले फिल्म जर्बजस्ती रिलिज गरेको फिल्म हेर्नेहरुले आलोचना गरेका छन् । कलाकारको डबिङ नुहुनु, फिल्म पनि पुरा नखिचिनु, दर्शकलाई थाहा नै नदिनु यसको मुख्य कारण हो । नयाँ फिल्ममा दर्शक नआउँदा फिल्मी माहोल बन्न सकेन ।
अर्कोतिर, नयाँ फिल्म रिलिजका लागि तयार भएका निर्माता पनि तत्काल जोखिम मोल्न नसक्ने अवस्थामा छन् । नेपालका नाम चलेका कलाकारको भिड लाग्दा पनि नयाँ फिल्म हेर्न दर्शक न्यून मात्र देखिए । कमसेकम हल खुलेको १० महिनापछि नयाँ फिल्ममा दर्शकको उत्साह बनाउन सक्नुपर्ने थियो । तर, यो कुरामा निर्माता, वितरक र प्रदर्शक चुकेका छन् ।









