के स्वेताले धेरै पार्टी दिएकी हुन् ?
अभिनेत्री स्वेता खड्काले विजयेन्द्र सिंह राउतसँग मंसिर २२ गते बिहे गरेकी हुन् । उनको बिहेदेखि निरन्तर पार्टीको आयोजना भैरहेको छ । स्वेताको बिहे पार्टीमा सहभागी हुन बिहिबार पनि फिल्म क्षेत्रका मानिसहरु पुगे । स्वेतालाई पार्टी धेरै दिएको भन्ने आरोप पनि लाग्ने गरेको छ । तर, स्वेताले भने आफूलाई स्वेता भनेर चिनाउने फिल्म क्षेत्रका लागि आफूले पार्टीको आयोजना गरेको बताएकी छिन् ।

आफू घरकै दुनियाँमा रमाएको भन्दै स्वेताले आफ्नो तर्फबाट भने फिल्म क्षेत्रका लागि भनेर पार्टी आयोजना गरेको बताइन् । उनले, यसभन्दा अघिका पार्टी आफ्नो घरबाट आयोजना भएको पनि बताएकी छिन् । स्वेताले आफूलाई माया र आर्शिवाद धेरै मिलेको भन्दै सधै यस्तै मायाको अपेक्षा गरेको बताइन् । आफूलाई सबैको मायाले जिवनमा नयाँ हौसला मिलेको पनि उनले बताएकी छिन् ।








