अभिनेत्री आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले गतबर्ष बिहे गरेका हुन् । उनीहरुको बिहे भव्य तरिकाले सम्पन्न भयो । बिहेपछि लकडाउनका कारण उनीहरु कतै पनि निस्कन पाएनन् । हनिमुन पनि उनीहरुले मनाउन जान पाएका छैनन् ।

बरु, यो समयमा आँचलले एक्सन, फिटनेश सिकिरहेकी छिन् । अभिनेत्री स्वेता खड्काले फिल्म क्षेत्रका लागि दिएको पार्टीमा पुगेकी आँचलले आफूहरुको तत्काल सन्तानको योजनामा नरहेको बताइन् । बल्ल त अरुको बिहे खान सुरु भएको छ, केही कलाकारको बिहे खाएपछि मात्र सोचौला, आँचलले भनिन् ।

आँचलले लकडाउनपछि पहिलो पटक आफूहरु बिहेमा सहभागी भएको भन्दै आफ्नै बिहेका लागि तयार भएको जस्तो महशुश भएको पनि बताइन् ।

For More videos Log on to Mazzako TV