नयाँ फिल्म हलमा
कोरोना महामारीका कारण १० महिनादेखि ठप्प रहेको नेपाली फिल्मको प्रदर्शन सुचारु भएको छ । हिजोबाट नयाँ नेपाली फिल्म हलमा लागेको छ । शिव श्रेष्ठको प्रस्तुतीमा तयार भएको फिल्म एउटा यस्तो प्रेम कहानी हिजोबाट रिलिज भएको हो । यो फिल्मलाई मल्टिप्लेक्स हलहरुले राम्रो शोज दिएका छन् । सिनेमा रिलिज भएपनि दर्शकको उपस्थिती भने हलमा खासै देखिएको छैन । सिनेमाको प्रचारप्रसार शुन्य जस्तै भएकाले पनि दर्शकले हलसम्म जाने मन नबनाएको हुनसक्छ ।

दिपेश सापकोटाको निर्देशनमा तयार भएको फिल्मलाई दिनेश दर्शनधारी र यशोधा राइले निर्माण गरेका हुन् । यो फिल्ममा शिव श्रेष्ठ, वर्षा राउत, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, कविता मानन्धर, शक्ति श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । अब, नेपाली फिल्म हलमा धमाधम रिलिज हुने अपेक्षा गरिएको छ ।








