बलिउडमा नयाँ फिल्म रिलिज हुन सकेको छैन । तर, साउथको सिनेमा मास्टरले भने बुधबार नै बक्स अफिसमा धुम मच्चाइसकेको छ । यो फिल्म हेर्नका लागि दर्शकको भीड हल बाहिर ठूलो देखिएको छ । यसले, कोरोनापछि राम्रो क्रेज भएको फिल्म आयो भने दर्शक हलसम्म फर्किन्छन् भन्ने पुष्टी गर्छ ।

तर, नेपाली फिल्म हेर्नका लागि दर्शक हलसम्म आउँछन् या आउँदैनन् भन्ने पक्का भएको छ । भोली बिहिबारदेखि रिलिज हुन लागेको फिल्म एउटा यस्तो प्रेम कहानी एउटा प्रयोग पनि हो । यो फिल्मले दर्शकको उभार हलमा कती गराउँछ भन्ने मुख्य कुरा छ । यो फिल्मलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् ।

फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठ जस्ता कलाकारको भीड छ । यती धेरै कलाकारको भीड भएको फिल्मले दर्शकलाई हलसम्म तान्छ या तान्दैन हेर्न बाँकी छ । यदि, यो फिल्म हेर्न दर्शक हलसम्म आएको खण्डमा पक्कै पनि नयाँ फिल्म रिलिजका लागि निर्माता उत्साहित हुनेछन् ।

For More videos Log on to Mazzako TV