शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को ट्रेलर सार्वजनिक भएको छ । यहि माघ १ गतेबाट सार्वजनिक प्रदर्शन हुने फिल्मको ट्रेलर मंगलबार ट्री इन्टरटेन्टमेन्टको च्यानल मार्फत सार्वजनिक भएको हो ।

फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल,ध्रुब कोइराला लगायतको अभिनय रहेको छ। फिल्मको निर्देशन दिपेस सापकोटाले गरेका हुन् ।

फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह–निर्माताहरु हुन् ।

For More videos Log on to Mazzako TV