सन्दिपसँग साम्राज्ञी
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मनमा खुशी कसरी फर्किएको छ भन्ने जान्न उनको इन्स्टाग्रामको स्टोरी हेरे पुग्छ । साम्राज्ञीको अनुहारमा ब्रेकअपको पीडा कती पनि देखिदैन । कारण, उनी सिनेमाको छायांकनमा फर्किएकी छिन् । सोमबारदेखि सिनेमा तिम्रो मेरो साथको छायांकन सुरु भएको छ ।
फिल्मको छायांकन सेटमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता सन्दिप क्षेत्री देखिएका छन् । सन्दिपसँग काम गर्न पाउँदा साम्राज्ञी उत्साहित भएको उनको स्टोरीमा देख्न सकिन्छ । रमेश एम के पौडेलले निर्देशन गरिरहेको फिल्ममा साम्राज्ञी र सन्दिपको साथमा अभिनेता पुष्प खड्काको पनि मुख्य भूमिका छ ।
गतबर्ष २ वटा फिल्म असफल भएपछि तनावमा रहेकी साम्राज्ञीको लकडाउनपछि छायांकनमा गएको यो पहिलो फिल्म हो । यसैले पनि यो फिल्म उनका लागि महत्वपूर्ण मानिएको छ ।









