फिल्म एउटा यस्तो प्रेम कहानीलाई चलचित्र प्रदर्शकहरुले केही राहत दिएका छन् । यो फिल्म शुक्रबारदेखि रिलिज हुँदैछ । फिल्म रिलिज भएर दर्शकले जुन दिनसम्म मन पराउँछन् र हलमा जुन दिनसम्म फिल्म चल्छ सो दिनसम्म फिल्मले ५५ प्रतिशत शेयर पाउने भएको छ ।

यसअघि रिलिज भएका फिल्ममा यो सहमती थिएन । यसअघि सिंगल हलबाट निर्माताले ५० प्रतिशत पाउँदै आएका थिए भने मल्टिप्लेक्समा हप्तैपिच्छे शेयर कम हुँदै जान्थ्यो । तर, कोरोनापछि फिल्म क्षेत्र सुस्ताएको बेलामा जोखिम मोलेको भन्दै यो फिल्मलाई केही राहत दिन लागिएको हो ।

शिव श्रेष्ठले प्रस्तुत गरेको फिल्मलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । फिल्म माघको १ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV