फिल्म पारसका लागि अभिनेत्री पनि फाइनल भएको चर्चा फिल्म बजारमा चलिरहेको छ । यो फिल्मलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्ने पक्का भैसकेको छ । फिल्ममा भूवन केसी निर्माताको रुपमा रहनेछन् । हुनत, यो फिल्ममा सुरुवातमा माधव वाग्ले निर्देशकको रुपमा पक्का थिए । अब, माधवले भूवनलाई फिल्मको सम्पूर्ण स्वामित्व हस्तान्तरण गरेर फिल्म छाडिसकेका छन् ।

एक्सन कथामा निर्माण हुन लागेको फिल्मका लागि अभिनेत्री पनि फाइनल भएको चर्चा बजारमा चलिरहेको समयमा यसका निर्माता भूवन केसीले अभिनेतामा अनमोल केसी र लेखकमा प्रदिप भारद्धाज मात्र फाइनल भएको बताएका छन् । अरु, टिमको बिषयमा चाडै नै जानकारी दिने भूवन केसीको भनाई छ ।

फिल्म पारसको छायांकन फागुणबाट सुरु गरिने भूवनले जानकारी दिएका छन् । फिल्मका लागि आज्ञा करनजित फाइनल भएको चर्चा चलेको थियो । कलाकारका लागि अडिसन पनि भैसकेको छ । तर, निर्माण टिमले कुनै पनि कुरा सार्वजनिक गरेको छैन ।

For More videos Log on to Mazzako TV