अभिनेता शिव श्रेष्ठले एउटा यस्तो प्रेम कहानी इन्टरटेन्मेन्टको भ्याक्सिन भएको बताएका छन् । उनले, फिल्म कमजोर भएका कारण रिलिज गर्न हतार नगरेको पनि बताएका छन् । माघ १ गतेबाट रिलिज हुन लागेको फिल्मलाई यो समयमा रिलिज गरेर फुस्स पारिहालौ भन्ने सोच नभएको शिवको भनाई छ ।

शिवले, यो समयमा सिनेमा रिलिज गर्दा नेपाली फिल्मलाई नै केही सहयोग हुने भएकाले रिलिज गर्न लागेको बताए । तर, फिल्म कमजोर भएर यो समयमा रिलिज गर्न नलागेको उनको भनाई छ । शिवले नेपाली फिल्म एउटा यस्तो प्रेम कहानी बन्दै बन्दैन भन्ने पनि थियो भन्दै अब दर्शकको मायाकै कारण फिल्म हलसम्म आउन लागेको बताएका छन् ।

नेपाली फिल्म क्षेत्र आफैमा कमजोर अवस्थामा रहेकाले यसलाई माथि उठाउन केही सहयोग पुग्छ कि भनेर रिलिज गर्न लागेको शिवको भनाई छ ।

For More videos Log on to Mazzako TV