घर किन्ने पक्का भैसक्योः पल शाह
अभिनेता पल शाहले आफ्नो सपना पुरा हुँदै गएको बताएका छन् । अभिनेता पल शाहले राजधानीमा घर किन्ने तयारी गरेका छन् । अभिनेता पल शाहले लगालग म्यूजिक भिडियो खेल्नुको कारण घर किन्नका लागि हो भन्ने हल्ला पनि चलेको थियो ।
अब भने पल शाह आफैले घर किन्न लागेको प्रष्ट पारेका छन् । उनले, घर किन्ने लगभग पक्का भैसकेको र बैना गरेको बताएका छन् । पलले कहाँ कस्तो घर किन्न लागेको बिषयमा केही पनि बताएका छैनन् । पल शाहले आफ्नो सपना पुरा हुँदै गएको पनि बताएका छन् ।
अभिनेता पल शाह टेलिभिजनमा सम्पादनको काम गर्दै म्यूजिक भिडियोबाट फिल्ममा आएका हुन् । उनको अहिले फिल्ममा पनि राम्रो क्रेज छ । भिडियोमा त उनको एक छत्र राज नै छ ।









