फिल्म एउटा यस्तो प्रेम कहानीको शिर्ष गीत रिलिज भयो । यो गीतको प्रमोशनमा यसका कलाकार देखिएका छैनन् । यो गीतमा अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनय गरेका छन् । फिल्मको गीत हेर्ने दर्शकले यो जोडीलाई मन पराएका छन् ।

यो फिल्म माघको १ गतेबाट रिलिज हुँदैछ । फिल्म रिलिज गर्ने सुरसार कसेसँगै प्रस्तुतकर्ता शिव श्रेष्ठ प्रसारमा अघि छन् । तर, उनलाई कुनै पनि कलाकारले साथ भने दिएका छैनन् । शक्ति र कविताका लागि यो फिल्म महत्वपूर्ण छ । यही फिल्मबाट उनीहरुले कला क्षेत्रमा भविष्य कोर्दैछन् ।

दिनेश दर्शनधारी र यशोधा राइको लगानीमा बनेको यो फिल्ममा दिपेश सापकोटाको लगानी छ । सार्वजनिक गीतमा बसन्त सापकोटाको संगीत, सुष्मा राइको शब्द, विश्व नेपाली र अस्मिता अधिकारीको स्वर छ ।

For More videos Log on to Mazzako TV