अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म एउटा यस्तो प्रेम कहानी माघको १ गतेबाट रिलिज हुँदैछ । नेपाली फिल्म क्षेत्र कोमामा रहेको अवस्थामा रिलिज हुन लागेको यो फ्रेस फिल्म हो । विगत १० महिनादेखि हलमा नयाँ फिल्म लागेका छैनन् ।

अभिनेता शिव श्रेष्ठले किन फिल्मका लागि यति ठूलो जोखिम मोल्दैछन् । करोडौ लगानी उनले किन यसरी जोखिममा राखेका होलान् । शिवका अनुसार, विगत ४० बर्षदेखि पाएको दर्शकको मायाले नै उनले यो जोखिम मोलेका हुन् । उनले, अगाडिका बर्ष जस्तै यो बर्ष पनि दर्शकको माया पाउने विश्वास व्यक्त गरेका छन् ।

शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको यो फिल्ममा दिपेश सापकोटाको निर्देशन छ । फिल्ममा शिव श्रेष्ठ, करिश्मा मानन्धर, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, शक्ति श्रेष्ठ, कविता मानन्धर लगायतका कलाकारको अभिनय छ ।

For More videos Log on to Mazzako TV