पल र पुष्पको सम्बन्ध
अभिनेता पल शाह र पुष्प खड्काको सम्बन्ध चिसिएको खबर नआएको होइन । फिल्म तिम्रो मेरो साथ पलले छाडेपछि पुष्पले खेले । यो फिल्मको छायांकन शुक्रबारदेखि सुरु हुँदैछ । पलले फिल्म छाडेर पुष्पले खेलेपछि यी दुइविच सम्बन्ध विग्रिएको चर्चा नभएको होइन । तर, अभिनेता पल र पुष्पले भने आफूहरुको मित्रतामा कुनै पनि खालको तिक्तता नआएको बताएका छन् ।
पलले फिल्मको जानकारी औपचारिक रुपमा नभई बाहिर हल्ला नगरेको भए हुन्थ्यो मात्र भनेका छन् । तर, पुष्प र आफ्नो सम्बन्ध सुमधुर रहेको उनको भनाई छ । पुष्पले पनि पलसँग सम्बन्ध हिजो जस्तो थियो आज पनि उस्तै रहेको बताए ।
उनले, पलले कारणवस नगरेको फिल्म आफूले गर्दैमा सम्बन्ध सकिने भन्ने नहुने बताएका छन् । यी दुबै कलाकार म्यूजिक भिडियोबाट उदाएका हुन् । अहिले दुबै जना फिल्म क्षेत्रमा सफल मानिन्छन् ।









