पुष्प र वर्षाको चालबाज अब मनसँग मन
अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म चालबाजको नाम परिवर्तन भएको छ । अब, यो फिल्मको नाम मनसँग मन राखिएको निर्देशक कैलाश राइले जानकारी दिए । हाल यो फिल्मको एक गीतको छायांकन भैरहेको छ ।
गीत छायांकनका क्रममा भेटिएका निर्देशकले दर्शकसँग अझै नजिक हुन नाम परिवर्तन गरेको बताए । अभिनेता पुष्प खड्काले पनि नाम परिवर्तन हुँदा दर्शकलाई अझै सजिलो हुने बताए । पहिलेको नाम केही फरक भएकाले नाम परिवर्तन गर्न सबैले सुझाव दिएको र अहिले लभस्टोरी झल्को दिने गरि नाम राखिएको पुष्पले बताए ।
अभिनेत्री वर्षा सिवाकोटीले पनि नाम परिवर्तन भएपनि सिनेमाको कथावस्तु केही पनि परिवर्तन नभएको बताएकी छिन् । फिल्म मनसँग मनमा अरुण तामाङको लगानी छ । सौरभ लामाको छायांकन रहेको यो फिल्मलाई सौरभ इन्टरटेन्मेन्ट र बालाली प्रोडक्शनले मिलेर निर्माण गरेको हो ।










