पल भिडियो र फिल्मकै राजाः पूजा शर्मा
अभिनेत्री पूजा शर्माले अभिनेता पल शाह म्यूजिक भिडियोको मात्र नभएर फिल्मको पनि राजा भएको बताएकी छिन् । मिडिया कुराकानीका क्रममा पूजाले पललाई आफूले फिल्म क्षेत्रमा आएदेखि नै फिल्मको राजा भन्ने गरेको बताइन् ।
पलको काम गर्ने तरिका र लगावले आफू प्रभावीत भएको पूजाको भनाई छ । अभिनेत्री पूजा शर्मा र पल शाहले केही म्यूजिक भिडियोमा काम गरे । तर, उनीहरुले म यस्तो गीत गाउँछु र यसको सिरिजमा काम गरेका छन् । पूजाले भिडियोको राजा भन्दै गर्दा पलले सबैलाई धन्यवाद दिएका छन् ।
उनले, यो दर्शकको माया र कामको सम्मान भएको बताएका छन् । पल र पूजाले दर्शकलाई म यस्तो गीत गाउँछु २ लिएर चाडै आउने पनि बताएका छन् ।









