‘एउटा यस्तो प्रेम कहानी’ माघ १ मा
शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट तय गरिएको छ । आगामी माघ १ गते बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मको सार्वजनिक फर्स्ट लुकमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियंका कार्कीलाई प्रस्तुत गरिएको छ ।
आगामी माघ १ गते देशब्यापी रुपमा फिल्म रिलिज गरिने प्रस्तुतकर्ता समेत रहेका अभिनेता शिव श्रेष्ठले जानकारी दिए । उनि भन्छन् ‘कोभिट १९ ले थलिएको नेपाली फिल्मी क्षेत्रलाई चलायमान बनाउन हामी अघि सरेका हौँ । सबैले यो बिषयमा सोचेर अब अघि बढ्नु पर्छ ।’
फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ । चलचित्रको निर्देशन दिपेस सापकोटाले गरेका हुन् ।
फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर चलचित्रका सह(निर्माताहरु हुन् ।









