सन् २०१६ देखि ओटीटीको संकार बसाउन सुरु गरेको एप सिनेमा घर अब नयाँ संकरण र नयाँ फिचरसहित सार्वजनिक भएको छ । थ्री सिक्स्टी वन डिग्री मिडियाले विभिन्न फिचरहरुसहित यो एपको अपडेटेड भर्सन सिनेमा घर गोल्ड सार्वजनिक गरेको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यो एप सार्वजनिक गरिएको छ । यो एपमा हाल ६ वटा फिल्म राखिएका छन् । शुक्रबारबाट सार्वजनिक भएको यो एपमा डमरुको डन्डिबियो, कोहलपुर एक्सप्रेस, सरौतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र नामक फिल्म हेर्न पाइनेछ । हरेक बर्ष एकजना प्रयोगकर्ताले यो एपका लागि ५ सय रुपैयाँ खर्च गरे पुग्छ ।

संसारका जुनसुकै स्थानबाट पनि यो एप डाउनलोड गरेर सामाग्रीहरु हेर्न सकिनेछ । यो कम्पनीका प्रमुख अभिनेता खगेन्द्र लामिछानेले आफूले नयाँ सोचमा साथ दिएको बताएका छन् । यो एपमा राखिएका सामाग्री पाइरेसी नहुन भनेर सुरक्षाको कडा प्रवन्ध गरिएको बताइएको छ ।

For More videos Log on to Mazzako TV