अभिनेत्री एलिजा गौतमले नयाँ फिल्म खेल्ने पक्का भएको छ । उनले, दीपक श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ फिल्म साइन गरेकी छिन् । आज उनी र निर्देशक श्रेष्ठविच संझौता भएको छ । फिल्म साइन गरेपछि अभिनेत्री गौतमले यो कथामा आफूले न्याय गर्न सक्छु भन्ने लागेपछि साइन गरेको बताइन् ।

उनले, अनुराग आफ्ना लागि अनुभव भएको भन्दै दोश्रो फिल्ममा पूरा मिहिनेत गर्ने बताएकी छिन् । एलिजा पछिल्लो समयमा म्यूजिक भिडियोमा जमेकी मोडल हुन् । एलिजाले साइन गरेको फिल्ममा उनले पारिश्रमिक पनि चित्तवुझ्दो नै पाएको बताइन् । दीपकले फिल्मका लागि अभिनेता भने फाइनल गरेका छैनन् ।

तर, चाडै नै फाइनल गर्ने तयारी रहेको यो अनटाइटल प्रोजेक्टको छायांकन माघ लागेसँगै हुनेछ । फिल्मका लागि अभिनेता विपिन कार्कीसँग कुरा भैरहेको छ ।

For More videos Log on to Mazzako TV