के साम्राज्ञीको ब्रेकअप भएको हो ?
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र उनका प्रेमी देवांश जंगबहादुर राणाविच ब्रेकअप भएको खबर छ । फिल्म क्षेत्रमा उनीहरु अलग भएको चर्चा चलेको केही समय भैसकेको छ । साम्राज्ञीले भने यो बिषयमा केही पनि बोलेकी छैनन् । तर, देवांशसँग घुमफिर गर्ने, उनको तस्वीर इन्स्टाग्राममा पोष्ट गर्ने साम्राज्ञीले विगत ५ महिनादेखि उनको कुनै पनि तस्वीर पोष्ट गरेकी छैनन् ।

यस्तै, साम्राज्ञीले इन्स्टाबाट देवांश र उनीसँगका सबैजसो तस्वीर हटाएकी छिन् । यसैले पनि उनीहरुविच ब्रेकअप भएको चर्चा चलेको हो । किनकी, साम्राज्ञी र देवांश सामाजिक संजालमा खुलेरै प्रेम व्यक्त गर्न गर्दथ्य । तर, बालीमा पुगेर मस्ती गरेको फोटो लिक भएपछि भने उनीहरुको आलोचना भएको थियो । साम्राज्ञीको यसअघि मयंक खड्कासँग पनि ब्रेकअप भएको थियो ।








