अमेरिकामा खुलेकी सुहाना
अभिनेत्री सुहाना थापा यतिबेला अमेरिका पुगेकी छिन् । उनी सिनेमा ए मेरो हजुर ४ को छायांकन रोकिएपछि अमेरिका हानिएकी हुन् । अमेरिकामा रहेकी सुहाना घुमघाममा व्यस्त देखिएकी छिन् । सुहानाकी आमा झरना थापाले सार्वजनिक गरेको फोटोमा सुहाना अमेरिकामा खुलेकी छिन् ।

सुहानासँगै निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापा पनि अमेरिका पुगेका छन् । उनीहरु केही समय अमेरिकामा रहनेछन् । अमेरिकामा नै रहेका ए मेरो हजुर ३ का लेखक वावुराम दाहालसँग उनीहरुको भेट भएको छ । केही समय अघि अमेरिकाको ग्रिन कार्ड लिएर बाबुराम अमेरिका हानिएका थिए ।
सुहाना ए मेरो हजुर ४ को रिलिजको प्रतिक्षामा छिन् । तर, सिनेमाको काम अझै १० प्रतिशत बाँकी छ । अभिनेता अनमोल केसी फिल्मका लागि १० केजी दुब्लाउनुपर्ने छ ।
For More videos Log on to Mazzako TV







